हिमाली शेर्पा

     

sherpa calendar 2140
Tulsi Rinpoche
 
Buddhist Mask
 
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking
  लोसार <BGSOUND SRC="sherpa/losar.wma">
 
लोसार, लो भनेको बर्ष हो र सार भनेको नयाँ हो अर्थात लोसारको शाब्दिक अर्थ हो एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनु । हाम्रो समाजमा जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरु आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको लोसार (नयाँ बर्ष) को स्वागत्को लागि ठूलो जमर्को गर्नुपर्छ ।

ऐतिहासिक रुपमा हेर्दा बिभिन्न जनावरहरुको प्रतिनिधित्व गराई बर्ष गणना गर्ने नाग्चीको ज्योतिष परम्परालाई बिश्वमै पुरानो मानिने हुँदा यसको खास महत्व रहेको छ । नाग्ची पात्रोअनुसार, १२ बर्षको एक “लोखोर” अर्थात चक्र, र ५ लोखोरको अवधिलाई “राब् लो च्यिग” अर्थात एक संबतसर मानिन्छ । यसै पात्रोबमोजिम हाल बिभिन्न समयमा बिभिन्न समुदायहरुले भिन्न भिन्न नामबाट लोसार मनाउने गरेको पाईन्छ । बिभिन्न समुदायले भिन्न भिन्न समयमा बिभिन्न नामबाट लोसार मनाएपनि यसको अर्थ र महत्वमा कुनै भिन्नता रहेको पाईदैन, सबैले लोसारलाई नयाँबर्षको रुपमा धुमधामकासाथ मनाउछन् । बिशेषगरी तीन प्रकारका लोसारहरू तोला लोसार, सोनाम लोसार र ग्याल्वो लोसारको नामबाट प्रचलनमा रहेको पाईन्छ । यी लोसारहरु एक एक महिनाको अन्तरमा पर्छन, तर तिथिमा हुने गडबढको कारणले कहिलेकही सोनाम र ग्याल्वो लोसार एकैसाथ पनि पर्ने गर्छन । यसबर्ष सोनाम र ग्याल्वो लोसार एकैदिन परेको छ ।

तोला लोसार तिब्बतका मन्जुश्री भाषिक खगोलशास्त्रको समाज, नेपालको गुरुङ समाज, हुम्ला, जुम्ला, सिक्किम, भुटान र तिब्बतको उतरी प्रान्तमा परम्परागत रुपमा पुष महिनामा धुमधामकासाथ मनाईन्छ ।

सोनाम लोसार लाई किसानहरुको लोसार पनि भन्ने गरिन्छ । यो हरेक माघ शुक्ल प्रतिपदाको दिनबाट शुरु हुन्छ । यो लोसार बिशेष गरी नेपालको तामाङ, योल्मो, मुगुम्बा, खुम्बु क्षेत्रको मथिल्लो भेगका शेर्पा, भारतका लद्धाख, तिब्बतका केहि प्रान्त, चीन, हङकङ, ताईवान, मलेशियाका मंगोल समाजमा धुमधामकासाथ मनाईन्छ ।

त्यसैगरी ग्याल्वो लोसार फागुन शुक्ला प्रतिपदाको दिनदेखि शुरु हुन्छ र बिशेषगरी शेर्पा, भोटे, तिब्बती लगायत समुदायले यो लोसार मान्छन । ऐतिहासिक रुपमा यो लोसारलाई किन ग्याल्वो लोसार भनिएको हो भन्ने स्पष्ट नभएपनि यो लोसारलाई शासक बर्गले मान्ने लोसार भएकोले ग्याल्वो लोसार भनिएको हो भनिएको छ । यसको अलवा ग्याल्वो लोसारको छुट्टै धार्मिक महत्व पनि रहेको छ । बौद्धग्रन्थअनुसार शाक्यमुनि बुद्धले आफ्नो ऋद्धि शाक्ति प्रदर्शन गरि ६ जना अबौद्ध साधुहरुलाई पराजित गरेको दिनहरु फागुनशुक्ल प्रतिपदादेखि फागुनपुर्णिमा सम्म पर्नेभएकोले यस अवधिलाई बिजय उत्सवको रुपमा धुमधामकासाथ मनाईन्छ ।

लोसार शुरुहुनु पुर्व एक डेढ महिना अगाडि नै शुभ साईत हेरि लोसारको सगुनको लागि चाहिने क्षाङ अर्थात जाँड पकाईन्छ । त्यसैगरी १५ दिन अगाडि सानो गमलामा नयाँ पालुवाका लागि गहुँ, जौ, मकै, उवा आदिको बिऊ राखेर च्याङमा अर्थात जमरा उमारिन्छ । यसका साथै घर गुम्बा, तिर्थस्थल र चौताराहरु सफासुग्घर गरी लिपपोत गरेर रङरोगन गर्ने र बिशेष प्रकारको रोटी खप्से बनाउने र परिवारका प्रत्येक सदस्यका लागि नयाँलुगा खरिद गर्ने कार्यहरु गर्दछन् । लोसार शुरु हुनुभन्दा दुई दिन अगाडि ङिश्यु गु अर्थात कृष्णपक्षको चतुर्दशीका दिन आफ्नो घर भित्र र वारिपारि सफा सुग्घर गरि निस्केको फोहोर, पुरानो लुगा, सिक्का, नुन, खोर्सानी आदि पुरानो नाङलोमा राखी तीनवटा बाटोको संगम भएको स्थानमा फालिएमा ग्रहदशा जाने र घरमा लक्षिण भित्रिन्छ भन्ने जनबिश्वास रहेको पाईन्छ । त्यसैदिन गुम्बाहरुमा लामाहरुद्धारा पुजापाठ पनि गरिन्छ । उक्तदिन बिशेष परिकार “गुथुक” खाने चलन छ, जुन ९ थरी भन्दाबढी अन्न र गेडागुडी मिसाएर पकाएको हुन्छ । शेर्पा भाषामा “गु” भनेको ९ र “थुक” भनेको मिश्रण हो । गुथुकभित्र नयाँ बर्षको भाग्य परिक्षण गर्न घिउ, नुन, खोर्सानी, कोईला आदि राखेर बनाएको आँटाको डल्ला पनि राखिन्छ र गुथुक खाँदा परिवारका हरेकलाई १।१ वटा भागमा हालिदिन्छन र सबैले आ-आफ्ना भागमा परको आँटाको डल्ला खोलेर आफ्नो भाग्य र स्वाभाव कस्तो रहेछ भनेर हेर्दै ख्यालठट्टा गरेर रमाईलो गर्छन ।

त्यसपछि औसीको दिन छ्योसम अर्थात पुजाकोठामा पहिला पकाएको जाँड (याङछाङ), छिमार, जमरा, खप्से, बिस्कुट, मिठाई, फलफुलहरु मिलाएर सजाउछन् । खप्से भन्नाले मैदामा चिनी, नुन, दुध र घिउ मिसाएर बिभिन्न आकारमा बनाएको रोटी हो भने छिमार भनेको सातुमा नौनी घिउ, मह, चिनी, दुध मिसाएर बनाएको प्रसाद भने याङछाङ भनेको अमृतको रुपमा बितरण गरिने जाँड हो ।

लोसारको पहिलो दिन बिहानै उठेर नुहाईधुवाई गरी नयाँ लुगा लगाएर धारा वा कुवामा गई नागको पुजा गरी धारामा घिउको टिका लगाई खप्से, खादा, फलफुल, धुपबत्ती चढाई ढोगेर नाग देउताबाट पानी मागेर ल्याई घरको पुजाकोठा अर्थात छ्योसममा भएको बुद्ध भगवान र कुल देउताहरुलाई शुद्ध पानी, खप्से लगायात चढाई टासी मोन्लम मंगलबाचन र साङसेरक्यिम गर्दै नयाँ बर्ष शान्तिमय वातावरणमा बितोस भनी मंगलमय पुजाआराधाना गर्दछन । पुजापाठ सकिएपाछि चिया, खप्से, छ्याङखुल, छिमार र डेसिल खाँदै शुभकामना अदानप्रदान गर्दै आफुभन्दा ठुला मान्यजनहरुबाट आशिर्बाद लिने गर्छन । लोसारको पहिलो दिन घरपरिवारमै रमाईलो गरी मनाउछन् र दोश्रोदिनदेखि मात्र आफ्ना दाजुभाई, दिदिबाहिनी, ईष्टमित्र र छरछिमेकमा गई रमाईलो वातावरणमा लोसारको शुभकामना आदानप्रदान गर्ने र भोजभतेर गर्ने चलन छ । यो क्रम १५ दिन अर्थात पुर्णिमासम्म जारी रहन्छ

त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा लोसार मान्ने गरेको हो । वास्तविक बस्तुस्थिति यस्ता हुन् तापनि शेर्पा समाजले छयोठुल दुछेन (फागुणमा बुद्धले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेका छन् ।

   
   
   
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats