हिमाली शेर्पा

     

 
 
 
  ग्याल्पो लोसार
 

यसको शाब्दिक अर्थ राजाको लोसार (नयाँ वर्ष) भन्ने हो । यसलाई ग्यालपो लोसार(राजाको नयाँ वर्ष)भनेको हो यसबारे स्पष्ट छैन । १६ औंशाताब्दी ताको तिब्बतको धार्मिक नेता पनि यो कुराबाट सन्तुष्ट नभएको निम्न सामाग्रीबाट बुझिन्छ ।

होर्दा दङपो (प्रथम मंगोल महिना)को फागुन शुक्ला पक्षीय प्रतिपदा अर्थात(छेपा दङपो )बाट यो चाड भव्यरुपमा मानेको देखिन्छ । तर हेर्दा मंगोल महिना कुन जयोतिष शास्त्र संग सम्बन्धित सम्बत हो यो स्ष्पष्ट छैन । पाचौ दलै लामाको (सेतो कालो) ज्योतिषको प्रशन उत्तर नामाक ज्योतिष शास्त्र अनुसार “सन १२२७ सालमा तदनुसार तिब्बति राब्ज्युङको अग्नि सुगर वर्षको यो महिनाको मंगोलका बादशाह चाङगीच खाँले तिब्बतको शिहूा राज्यको राजा मिञागको हातबाट शासन अधिपति छिनी लिएको हुनाले त्यही विजय हर्सौल्लासको उपलक्ष्यमा यो लोसार उतसव मनाउन थालिएको हो ।

”त्यही दिन देखि तिब्बति पात्रोमा पहिलो महिनाको नामा दङबो लेखने गरेको हो । कालचक्र पराम्परामा महिनाको नाम बैषाख जेठ महिना उत्तरायण दक्षियण, शुक्लापक्ष कृष्णपक्षबाट तिथि मिति गणना गर्न बाहेक पहिलो महिना दोस्रो महिना आदि आदि स्तरक्रमको माध्यमबाट तिथि मिति गणना गर्ने नियम पद्धति छैन भनी उल्लेख गरेको पाईन्छ । यसमा तेङपोचे औतरी लामा थप्नुहुन्छ ।

“चाङगीच खाँको उक्त विजय जुलुसको हर्ष बढाई कार्यक्रम पहिलो वर्षमा ३ महिना दोस्रो वर्षमा २ महिना, र तेस्रो वर्षमा १ महिना , चौथो वर्षमा १५ दिन र हप्ता दिन हुदै पछि त्यसैले ग्याल्पो लोसारको रुप लिएको हो, तर ग्यालपो लोसार हुँदै होइन भन्ने होइन ”रिपोन्छेको कथन छ । हाल पनि तिब्बति संघसस्थाबाट प्रकाशन हुने सबै पात्रोमा फागुनबाट होर्दा दङपो (पहिलो महिना) लोसार भनी लेखिएको भएपनि फागुन महिनाको अगाडी ओदा(फागुनको उपनाम) लेख्नुपर्दा छ्युदा (महिनाको उपनाम )लखिएको पाईन्छ ।

यसबाट माथि उल्लेखित गरे झैं पहिले हिमाली समाजमा माघ महिनामा लोसार मान्ने कुरा पुष््िट भएको दखिन्छ । बिगतमा तिब्बत बौद्ध देश भएकोले बुद्धको धार्मिक लीलासंग जोडेर यो लाृसारको चाड मानेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । भगवान बुद्धको समयमा ६ जना तैथिक (अबौद्ध) गुरु र तद अनुयायी हरुका इच्छा अनुसार तातकालिन नगर प्रमुखहरुको अनुरोधमा श्रावस्ती महानगरमा राजा प्रसेनजित लगायत ८ महानगर प्रमुखहरुको उपस्थिीमा बुद्ध शाक्य मुनिले फागुन शुक्लापक्षिय प्रतिपदादेखि पुर्णिमा सम्म विभिन्न धार्मिक ऋदि(शक्ति)प्रदशन गरी ६जना तैथिक साधु सपरिवारलाई प्ररास्त गरेको धार्मिक दिवस भइकोले यही अवसर पारेर लोसार उत्सव मनाउने गरेको बौद्धिक नाताले अबलम्बन गर्नुपर्ने कर्तव्य हुन आउछ ।

दार्जिलिङका शेर्पाहरु पनि फागुन शुकलाप्रतिपदाबाट लोसार मान्नु पर्ने कारण यही हो भन्नु हुन्छ । तर यो लोसारको उपलक्ष्यमा मनाइने धार्मिक उत्सव मात्र भएकाले लोसार (नयाँ वर्ष)भन्न चाहि मिल्दैन ।

लोसारको अवसरमा तिब्बतको पुर्वी प्रान्त दोम्य क्षेत्रका युवायुवतीहरु लोसारको दिन बिहान प्रातकालमा उठेर आ–आफ्ना ठुलाबडा र नातागोता हरुकहाँ कोशेली सहित शुभकामना व्यक्त गर्न जाने गर्ने गर्दछन् । तिनीहरुको पराम्परामा कोशेली सहितको शुभकामना व्यक्त गर्दा शुभकामना दिनेको ख्योकी लोसार जाङङम (तपाइको लोसार राम्रो भयो )भनी सोध्दा जाङङम (राम्रो भयो) भनी उत्तर दिन्छन् । उचाङ(माध्यम तिब्बत) प्रान्तको अधिकांश ठाँउमा लोसारको शुभकामना स्वरुप छेमार र छ्याङ फुद प्रदान गर्दा चढायने व्यक्तिले “टासिदलेग (शुभ मंगल) भन्दा लिने व्यक्तिले तुग्दु देवा थोपर श्योग”मंगल मय शुभकामना, सु–स्वस्थ्य र समबृदिको होस सधा सुयल प्राप्त होस सुख समबृद्धि र उत्तरोत्तर प्रगतिको होस भनी प्रति उत्तर दिने चलन रहेको छ ।

लोसारको अवसरमा नभई नहुने छेमार र छेयाङफुद आदन प्रदान गर्ने चलन सम्राट स्रङचङ गोन्पोको समय देखि चलिआएको हो । भन्ने कुरा अनुसान्धात्मक लेखहरुमा पाईन्छ । लोसारको पर्वमा छेमार र छेयाङफुद सजाउने चलन र सजाउने तरिका उचाङ मध्ये (तिब्बत)मा सानो बाकस बनाएर उक्त छेमार र छयाङफुद राखिन्छ भने दोम्य (पुर्वी तिब्बत) तिर स्वस्तिक चियुक्त भाडा वर्तनहरुमा सजाईन्छ । तर जना समुहमा उचाङको पराम्परा अनुसार छेमार र छेयाङफुद सजाउने तरिका चलन कमै पाईन्छ ।

हिमालको अधिकंश प्रान्तमा लोसार (नयाँ वर्ष)लागेको शुभ संकेत स्वरुप जौ गहुँका बालाहरु राख्ने चलान पनि छ । तर कुनै प्रान्तमा यस समयमा जौ गहुँका बालाहरु नपाइने हुँदा काठमा स–साना सिंकोमा मुछेको आँटा लगाई तेलमा पोली गहँुको बाला जस्ता बनाई छेमार संग सजाउने गरिन्छ ।


अन्ततःअहिले हामीले (एक महिनाको फरकमा ३ किसिमका लोसारको प्रचलनमा ल्याएको भए मान्ने समय फरक फरक गरेमा पनि आमखिरमा तिनै समुहले वर्षको गणना (लोखोर च्युङङी) १२ वर्षचक्रको आधारमा मान्नु पर्ने लोसार (नयाँ वर्ष)चहि त्यही हो ।

   
  हामी सबैले आफूनो जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षण गरौ
   



Laser 5210N Free counter and web stats