हिमाली शेर्पा

     

 
 
 

नेपालमा बुद्ध उपदेशको अस्तित्व कहाँ ?

 

This domain is on SALE !!!
If you are interested please send your
offer at info@webhostingnepal.com

 

Buddha Jayanti Date and Time,buddham saranam gacchami आज बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जय न्ती, शान्ति र अहिंसाका प्रतीक गौतम बुद्धको स्मरणमा भावपूर्ण श्रद्धाभक्तिका साथ विश्वभर उहाँको जन्म जयन्ती मनाईरहेका छन् । आज भन्दा २५५७ वर्ष पूर्व यसै तिथिका दिन नेपालको लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र मायादेवीका पुत्रका रुपमा जन्मिएका राजकुमार शिद्धार्थ गौतम भारतको आधुनिक विहार प्रदेश, बोधगया (उरुबेल) मा बोधिवृक्ष मुनि बुद्धत्व अथात् बोधिज्ञान प्राप्त पश्चात् शाक्य मुनि बुद्धको नामले सुविख्यात भए र यसै दिनमा भारतको उत्तर प्रदेश, कुशीनगरमा महापरिनिर्वाण हुनु भएकोले यस दिनलाई बुद्धको जीवनसँग सम्बन्धित त्रिसंयोग दिनका रुपमा लिने गरिन्छ । तसर्थ यस पवित्र अवसरमा बौद्धमार्गीहरुले विभिन्न बौद्ध विहार, गोन्पा, चैत्य आदि स्थानहरुमा पूजा अर्चनाको साथै विभिन्न कार्यक्रमहरु गरी बुद्ध जयन्ती मनाउने गरेको पाईन्छ ।

हामीले आजसम्ममा कयौं यस्त बुद्ध जयन्तीहरु मनायौं र अहिले पनि मनाई रहेका छौं । बुद्ध जन्मेको मुलुकका हामी नेपालीहरुले देशमा धेरै राजनीतिक परिवर्तनहरुदेखि सके तर आजै पनि हत्या र हिंसा जस्ता अशान्तिबाट छुटकारा पाउन सकेको छैनौं । ‘‘वत्ति मुनि अध्यारो” भने जस्तै जुन देशमा बुद्ध जन्मे त्यो देशमा अशान्ति । यो देशमा हत्या, हिंसा, चोरी, डकैत दिनदिनै बढी रहेका छन् । अझै बुद्ध जन्मेको देश भनेर गर्व गछौं हामी । शान्ति, अहिंसा, सामाजिक सद्भाव जस्ता बुद्धका सन्देशहरुलार्ई जनसमुदयमा पु¥याउन छाडेर बुद्धको नाममा अनेकौं नारा, जुलुस र राजनैतिक खेल खेलिरहेका छन् । शान्तिका प्रतीक भएर विश्व समुदायको मन मस्तिकामा बसेको बुद्धका उपदेश आज संकटमा परेका छन् ।
बुद्ध आफ्नो महान् विचार र दर्शनका कारणले विश्व प्रसिद्ध रहे र उहाँलाई विश्वको कयौं मुलुकले दार्शनिकको उच्चकोटीमा राखेर उहाँका उपदेश, दर्शन र सन्देश आदिलाई विद्यालय तथा विश्वविद्यालयहरुमा ससम्मानका साथ अध्ययन–अध्यापन गर्दै आएका छन् र त्यस देशका समाज सभ्य, सुन्दर एवं समुन्नत आदिले परिपूर्ण देखिन्छ । जुन प्रकार विश्वले बुद्धलाई ससम्मान दिएका छन् त्यो सम्मान हाम्रो देशले दिन सकेको अवस्था छैन, त्यो हाम्रो लागि दुर्भाग्यको कुरा हो ।

बौद्ध संस्कृतिलाई हाम्रो देशले कहिले पनि नेपाली संस्कृतिको रुपमा स्वीकर नगरेको कारण नेपाली र विश्व बौद्ध समाजको मन हाम्रो देशले जीतन सकेको छैन । बुद्धको नाममा करोडौंको सहायत मागेर स्वार्थ पूर्ति गर्नु बाहेक विश्वले आत्मसत् गरेका शान्ति, अहिंसा, सहिष्णुता, मैत्री, करुणा, मुदिता र उपेक्षा जस्ता उच्च मानवीय उपदेश एवं दर्शन आदिलाई सम्मान गरी विद्यायल र विश्वविद्यालयहरुको पाठ्यपुस्तकहरुमा समावेस गरेको देखिन्दैन । बुद्ध जन्मेको देशमा अहिलेसम्म स्वतन्त्र बौद्ध विश्वविद्यायलय सही रुपमा संचलन गर्नु सकेको छैन । यस देशका बुद्ध अनुयायीहरु बौद्ध दर्शन अध्ययन गर्न विदेशमा जानु पर्ने अवस्था छ ।


शान्ति स्थापनका लागि बुद्ध दर्शन कै महत्व भएको पूरा विश्वले ठहर गरेको छ । मानव समाजको विकासका वाधक तत्व राग, द्वेष, इष्य जस्ता सामाजिक विसंगति, हिंसाजन्य आचरण आदिलाई निराकरण गरी आपसी सद्भाव, प्रेम, भाईचारा, मैत्रीभावको वीजारोपण गर्नमा बुद्धको सन्देश एवं उपदेशले ठूलो मद्दत पु¥याउछ र समाजलाई शान्ति र समुन्नतिका मार्गतर्फ उन्मुख गर्न सकिन्छ । तसर्थ सपूर्ण नेपाली एक जुट भएर जनसमुदायमा बुद्धको उपदेश फैलाउन आजको आवश्यकता देखिन्छ ।

आचार्य सार्की शेर्पा
बेनी–९, सोलुखुम्बु

Buddha Jayanti is the birth day of Lord Gautam Budhha. Siddhartha Gautam was born about 543 BC in Kapilvastu of Nepal (नेपाल). Siddhartha was son of King Suddhodhan Gautam and queen Maya Devi. Buddha was born in garden of Sal trees (Shorea robusta), situated in the beautiful and peaceful Lumbini zone in Rupandehi district of Nepal,Buddhist statues,how make Buddhist statues,Buddhist statues made



Laser 5210N Free counter and web stats